काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएको टिप्पणी गरेका छन्। ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।
'ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय हो। जसले गरे पनि संसद् अधिवेशन अन्त्य गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो। अनि सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो। गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस्!,' भट्टराईको ट्वीटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।