काठमाडौं- नेकपा (एमाले)का नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले निराश बनाएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत् उक्त कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको र एकता पक्षधरहरूलाई निराश बनाएको बताएका हुन्।
नेता नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न उनले अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
'नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ। हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ। हामीभित्र देखापरेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ। यस्तो अवस्थामा क. नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु,' उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।