• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

तालिबानबाट बच्न भागिरहेकी एक पत्रकार महिलाको आर्तनाद : ‘मेरो निम्ति प्रार्थना गरिदिनुस्’

64x64
नेपाल लाइभ बुधबार, भदौ २, २०७८  ०७:०५
1140x725
तस्बिर: द गार्जियन।

अफगानिस्तानका विभिन्न सहरमा लुक्दै, भाग्दै हिँड्न बाध्य एक महिलाले ‘द गार्जियन’सँग सुनाएको वेदनाः

दुई दिन पहिले तालिबानले उत्तर अफगानिस्तानस्थित मेरो सहर कब्जा गरेपछि म आफ्नै घर छोडेर हिँड्न बाध्य भएँ। अहिले म भागिरहेछु तर, जाने कुनै सुरक्षित ठाउँ छैन।

गत हप्तासम्म म एक पत्रकार थिएँ। आज म आफ्नै नाम भन्न सक्दिनँ। कहाँबाट आएकी हुँ र कहाँ छु भन्ने पनि बताउन सक्दिनँ। केही दिनमै मेरो जीवन तहसनहस भएको छ।

हो, म एकदमै डराएकी छु। थाहा छैन मलाई के-के हुनेछ? म घर फर्किन्छु, फर्किन्नँ? आमा-बालाई भेट्छु, भेट्दिनँ? कहाँ जानेछु? अहँ केही पनि थाहा छैन। न अगाडि जाने ठाउँ थाहा छ, न पछाडि फर्किने नै। म कसरी पो बाँचुला?

मैले योजना बनाएर घर छोड्ने निर्णय लिएकी होइन। अचानक यो निर्णय लिन बाध्य भएकी हुँ म। केही दिनमै एक-एक गर्दै मेरो प्रान्त तालिबानको कब्जामा गयो। विमानस्थल र केही सीमित जिल्ला प्रहरी कार्यालयमात्रै सरकारको नियन्त्रणमा रहे। त्यस्तो अवस्थामा म सुरक्षित रहन सक्दिनँ। कारण स्पष्ट छ, म २२ वर्षकी जवान महिला हुँ। र, मलाई थाहा छ, आफ्ना लडाकूको निम्ति स्वास्नी बनाउन तालिबानहरूले घर-घरबाटै जबर्जस्ती महिलाहरू लगिरहेछन्। त्यसमाथि म त पत्रकार हुँ। मलाई थाहा छ, तालिबानहरू म र मेरा सहकर्मीलाई खोज्दै आइपुग्ने छन्।

यसै पनि तालिबानहरू आफूले निशाना साँध्न चाहेका मानिसहरू खोजिरहेछन्। गत सातामात्रै मेरा म्यानेजरले मलाई फोन गरेर नचिनेको नम्बरबाट आएका कुनै पनि फोन नउठाउन सुझाए। खासगरी महिलाहरू लुक्नुपर्ने र सकेसम्म सहर छोड्नुपर्ने सुझाव थियो उनको।

थाहा छ मलाई, म जस्तै अरु महिलाहरू पनि सहरबाट भागेका छन्। र सुरक्षित ठाउँको खोजीमा भौतारिरहेका छन्। म हरपल साथीहरू, छिमेकीहरू, सहपाठीहरू र अफगानिस्तानका समग्र महिलाहरूबारे चिन्तित भइरहेकी हुन्छु।

घर छोड्ने निर्णय गरेर झोला तयार गदैगर्दा मैले गोली र रकेटका आवाजहरू सुनिरहेथेँ। हवाइजहाज र हेलिकप्टरहरू हाम्रो टाउकैनेरबाट उड्दै थिए। घर अगाडिको बाटोमा लडाइँ चलिरहेथ्यो। काकाले सुरक्षित ठाउँसम्म पुर्‍याइदिन्छु भनेपछि मैले मोबाइल बोकेँ र चादरी (पूरै शरीर ढाक्ने अफगानी बुर्का) ओढेर निस्किएँ। लडाइँको मैदानमै घर भए पनि मेरा आमा-बा भने घर छोड्न मान्नुभएन। बरु रकेट हानाहान बढ्दै जाँदा मलाई छिट्टै घर छोड्न कर गरिरहनुभयो। उहाँहरूलाई थाहा थियो, कुनै पनि समय सहरबाट निस्कने बाटोहरू बन्द हुनसक्छन्। बाध्य भएर मैले उहाँहरूलाई घरमै छोडेर काकासँग निस्किएँ। त्यसपछि आमा-बासँग मेरो कुराकानी भएको छैन। सहरका कुनै पनि फोन चलेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

घरबाहिरको अवस्था भयावह थियो। हाम्रो टोलमा घर छोडेर भाग्ने म अन्तिम युवती थिएँ। घरबाहिरको गल्लीमै तालिबान लडाकू तैनाथ थिए। उनीहरू सहरका सबै कुनामा छरिइसकेका थिए। अल्लाहलाई धन्यवाद, मलाई केही भएन। हुन त म बुर्कामा थिएँ तैपनि कतै मलाई तालिबानी लडाकूहरूले रोक्ने हुन् कि, चिन्ने पो हुन् कि भन्ने डर थियो। हिँड्दै गर्दा म डरले काँपिरहेथेँ तर, नडराएजस्तो देखिने कोसिस गरिरहेथेँ।

हामीले घर छोड्नेबित्तिकै, ठ्याक्कै अर्कोपट्टि रकेट बर्सियो। मेरो छेउछाउमा भएका महिला र बच्चाहरू रुँदै, कराउँदै जता पायो त्यता दौडिरहेको दृश्य जतिबेला पनि मेरो मानसपटलमा घुमिरहन्छ। त्यतिबेला मैले महसुस गरेँ, हामी सबै एउटा डुङ्‍गामा कोचिएका छौँ र एउटा ठूलो आँधी आइरहेछ।

जसोतसो हामी काकाको कारसम्म पुगेर सहरबाहिर ३० मिनेट पर पर्ने उहाँको घरतिर लाग्यौं। बाटोमा हामीलाई तालिबानहरूको चेकपोस्टमा रोकियो। त्यो मेरो जीवनकै सबैभन्दा डरलाग्दो क्षण थियो। चादरीले ढाकिएकी हुनाले उनीहरूले मलाई बेवास्ता गरे तर काकालाई भने कहाँ जान लागेको भनेर निकै केरकार गरे। काकाले हामी सहरको स्वास्थ्य केन्द्र गएर घरतिर फर्कंदै गरेको बताउनुभयो। उनीहरूले सोधपुछ गरिरहँदा रकेट हानाहान भइरहेथ्यो। अन्ततः उनीहरूले हामीलाई जान दिए।

जसोतसो काकाको गाउँमा पुगे पनि हामी सुरक्षित भने थिएनौं। काकाको गाउँ तालिवानको कब्जामा परिसकेको थियो र धेरै परिवार तालिवानका शुभेच्छुक थिए। त्यहाँ पुगेको केही घण्टामै हामीले थाहा पायौँ, केही छिमेकीहरूले मलाई त्यहाँ लुकाएको कुरा चाल पाएछन्। अब त्यो ठाउँ छोड्नुपर्ने भयो। काकाले सहरबाट मलाई लुकाउन त्यहाँ ल्याउनुभएको छ भन्ने तालिबानहरूले थाहा पाइसकेका छन् भनेर गाउँलेहरूले भन्थे। तालिबानहरू गाउँमा आएर मलाई देखे सबैलाई मार्ने खतरा बढ्यो। हामी गाउँ छोड्न बाध्य भयौँ।

हामीले अलि टाढाको नाता पर्ने एकजना आफन्तको घरमा शरण पायौं। त्यहाँ पुग्न घण्टौं पैदल हिँड्नुपर्थ्यो। बाटोमा भेटिने तालिबानहरूको नजरबाट जोगिन मसँग त्यही चादरी थियो। अहिले म त्यही गाउँमा छु। यहाँ न पानी छ, न बिजुली नै। मुस्किलले फोनको सिग्नल टिप्छ। म संसारदेखि बेखबर भएकी छु।

थाहा छ मलाई, म जस्तै अरु महिलाहरू पनि सहरबाट भागेका छन्। र सुरक्षित ठाउँको खोजीमा भौतारिरहेका छन्। म हरपल साथीहरू, छिमेकीहरू, सहपाठीहरू र अफगानिस्तानका समग्र महिलाहरूबारे चिन्तित भइरहेकी हुन्छु।

सञ्चार क्षेत्रमा आबद्ध मेरा सम्पूर्ण महिला सहकर्मी आतंकित छन्। अधिकांशले सहर छोडिसकेका छन्। उनीहरू सकेसम्म यो प्रान्तबाट बाहिर निस्कने उपाय खोज्दै छन्। हामी सबैले तालिबानको विरोध गर्‍यौँ। त्यसैले उनीहरू हाम्रो पत्रकारिताप्रति त्रुद्ध छन्।

यो निकै तनावग्रस्त समय हो। र, मसँग एउटै विकल्प छ भागिरहने र यो प्रान्तबाट बाहिरिने अवसर मिल्ने प्रार्थना गर्ने। कृपया मेरा लागि अल्लाहसँग दुआ माग्नुहोस्।

(‘वुमन रिपोर्ट अफगानिस्तान’ शृंखलाअन्तर्गत १० अगस्ट (२६ साउन) मा ‘द गार्जियन’मा प्रकाशित यो सामग्रीको अनुवाद शंकर भण्डारीले गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता सोमबार कान्तो क्षेत्रमा आएको अत्यधिक वर्षाले टोकियो आसपासका विभिन्न स्थानमा बाढी र पहिरो निम्त्याएको थियो । स्थानीय सञ्चारमाध्यमका अ... बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्। बुधबार, असोज ७, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी ट्रम्पले नोभेम्बरको अमेरिकी चुनावले इरानप्रतिको आफ्नो नीति प्रभावित नगर्ने भन्दै ‘इरानसँग कहिल्यै आणविक हतियार हुने छैन’ भन्ने विषय... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्