काठमाडौं– तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेको अफगानिस्तानबारे नेपाल सरकारले पहिलो पटक औपचारिक प्रतिक्रिया दिएको छ।
परराष्ट्र मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा भइरहेको विकासक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ। ‘हामी सम्बद्ध सबै पक्षलाई अफगान जनताको सुरक्षाका निम्ति आग्रह गर्छौं’, परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेअनुसार सडक, हवाईमार्ग वा सीमा पार भएर अफगानिस्तान छाड्न चाहने सबैलाई सुरक्षितपूर्वक त्यहाँबाट निस्कनका लागि सहयोग गर्न गरेको आह्वानको समर्थन गरेको उल्लेख गरेको छ।
‘हामी मानव जीवन र सम्पत्तिको रक्षासँगै अफगानिस्तानमा शान्ति, अमनचैन र स्थिरताको माग पनि गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ।
नेपालले सार्क राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थिरताका लागि कामनासमेत गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।