काठमाडौं- दल विभाजनसम्बन्धी अध्यादेशका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श थालेकी छन्।
राष्ट्रपति कार्यालयमा अध्यादेश पुगेको र त्यो परामर्शका क्रममा रहेको राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले बताएका छन्।
ढकालले भने, ‘अहिले परामर्शको क्रममै छ। उचित समयमा जारी हुनेछ।’
सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश जारी गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै उक्त अध्यादेशको मस्यौदा राष्ट्रपति कार्यालय पठाइएको थियो।
सत्ता गठबन्धनमा सहभागी नेकपा एमालेलाई फुटाउन उक्त अध्यादेश ल्याउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।