फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पार्टी पुनर्गठन’ गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन्।
उनले आफूपक्षीय जनवर्गीय संगठनको 'भर्चुअल' छलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने बताए। उनले भने, ‘नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गर्दा एकताको ढोका खुला हुनेछ।’
आफूसँग क्रान्तिकारी विचार भएकाले बलियो हुने विश्वास उनले व्यक्ति गरे। उनले अब वडातहसम्म संगठन विस्तार गर्न र सदस्यको संख्या बढाउन निर्देशनसमेत दिएका छन्।
आगामी निर्वाचनमा अन्य पार्टीसँग तालमेल वा एकता गरेर अघि बढ्ने उनले बताए।
कार्यकर्तालाई उनले अहिलेको अवस्थाबाट निराश नहुन आग्रह गरे। उनले भने, ‘कहिले दाहिने र कहिले देब्रे हिँड्नुपर्छ। कहिले एकता र कहिले विभाजन हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।