फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अब पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिनमा नभइ घण्टामा मात्रै पर्खिने बताएका छन्। एमालेको माधवकुमार नेपालपक्षका सांसद्हरुको भेलापछि बोल्दै उनले केपी ओलीको निरंकुश र स्वेच्छाचारी गतिविधिलाई सघाउन मात्रै सम्झौता नहुने बताए।
अब केही घण्टामा पार्टी एकता हुने कुरामा आफूलाई विश्वास नभएको उनले बताए। तर केही घण्टामा चमत्कार हुनसक्ने उनको भनाइ छ। 'ओलीबाट हिजो पनि विज्ञप्ति आयो, आज पनि आउनसक्छ,' उनले भने।
उनले अध्यादेशमा के आयो भन्दा पनि अध्यादेश आउने परिस्थिति कसरी सिर्जना भयो भन्ने कुरा ख्याल गर्न आग्रह गरे।
उनले एकताका लागि तीन/चार पेजको विज्ञप्ति जारी गर्दैमा केही नहुने बताए। ुकमरेड केपी ओलीलाई यहीँबाट भन्न चाहन्छु- तीन चार पेजका वक्तव्य लेखेको केही अर्थ छैन। एउटा मात्रै वक्तव्य लेख्नुहोस्। एक लाइनको लेख्नुहोस् कि माधव नेपाल र केपी ओली सम्मानित र सहअस्तित्वको आधार संयुक्त हस्ताक्षर प्रमाणित गर्दै एकताबद्ध हुन तयार छु भनेर लेख्नुस्, सबै कुरा सकिन्छ। तर केपी ओलीलाई निरंकुश बन्ने, स्वेच्छाचारी बन्ने प्रकारको सम्झौता गर्न सकिँदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।