काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
मंगलबार सरकारले दल विभाजनलाई सहज हुने गरि अध्यादेश ल्याउने निर्णय गरेसँगै नेता पौडेलले संसद अन्त्य गरेर अध्यादेश ल्याउने काम केपी ओली प्रवृत्ति भन्दा फरक नभएको उल्लेख गरेका हुन्।
'हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउदा हामी प्रतिपक्षमा थियौं। उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं', उनले भनेका छन्, 'आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्ति भन्दा फरक छैन।'
असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।