काठमाडौं- नेकपा एमालले निर्वाचन आयोग पुगेर ९० नम्बरमा दर्ता भएको जनताको जनवादी पार्टीको निर्वाचन चिह्नमा आपत्ति जनाएको छ।
उक्त पार्टीले 'डाँडामाथिको घाम' निर्वाचन चिह्न पाएको थियो। मंगलबार पूर्व महान्यायाधिवक्ता अग्नि खरेलसहितको टोलीले निर्वाचन आयोग पुगेर नेकपा एमालेको निर्वाचन चिह्न सूर्यसँग मिल्दो चुनाव चिह्न दिएको भन्दै आयोगमा खारेजीको निवेदन दिएको अधिवक्ता बाबुराम दाहालले बताए।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुनी सल्लाहकारसमेत रहेका दाहालले उक्त चिह्नले आम मतदाता भ्रममा पर्ने र सूर्यसँग मिल्दो जुल्दो देखिएकाले खारेजीको माग गरेको बताए।
२६० जनाको केन्द्रीय कमिटीको विवरण अध्यावधिको निवेदन पनि एमालेले आयोगमा दिएको छ । ‘अव जनवादी पार्टीको निर्वाचन चिह्न खारेज हुन्छ होला, सूर्यसँग मिल्दोजुल्दो अव कसैलाई नदिइयोस् भनेर निर्वाचन आयोगमा भनेका छौ ’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।