काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।
अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने उनले बताए। अध्यादेशको विरोध गर्ने कोइराला पहिलो नेता हुन्।
‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले संसद्बाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो।’ दल फुटाउनका लागि अध्यादेश ल्याउने संस्कार कांग्रेसको नभएको उनले प्रस्ट पारे।
परिमार्जन र सुधारसहितको बजेट ल्याउने कार्यमा प्रधानमन्त्री चुकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।