काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटी अध्यावधिकका लागि निर्वाचन आयोगमा विवरण पेश गरेको छ। एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या बढाएर अध्यावधिकका लागि आयोगमा सूची बुझाएको हो।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा 'बादल' सहितका नेताको नाम थप गर्दै सूची बुझाइएको हो।
यसअघि २०३ जना केन्द्रीय सदस्य रहेकोमा बादल पक्षलाई समेत समेटेर २६० जना केन्द्रीय सदस्य बनाइएको विवरण आयोगमा बुझाइएको हो।
मंगलबार पूर्व महान्यायाधिवक्ता अग्नि खरेल, प्रधानमन्त्री केपी शर्मा ओली रहँदा उनका कानुनी सल्लाहकार रहेका बाबुराम दाहाल लगायतले निर्वाचन आयोग पुगेर विवरण बुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।