काठमाडौं- एमाले विभाजनको तयारी भइरहेको बेला उपाध्यक्ष भीम रावलले भने आफू पक्षका नेता तथा सांसद्हरुको बेग्लै भेला आयोजना गरेका छन्।
रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए। तर भेलास्थल र सहभागी नेताहरु उनले खुलाउन चाहेनन्।
पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल पछिल्लो समय नरम हुँदै आएका थिए। उनी अध्यक्ष ओली र वरिष्ट नेता माधवकुमार नेपालसँग समदूरी थिए। उनी ओलीतिरै खुल्ने आकलन गर्न थालिएको थियो।
रावलले मंगलबार बिहान मात्रै सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै 'आज हुने काम कुराले पश्चताप भोलि नहोस्' भनेका थिए। 'समाजलाई र आफ्नै लागि गलपासो साबित नहोस्', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।