काठमाडौं- सिंहदरबारमा जारी माधवकुमार नेपाल पक्षको भेलामा केपी शर्मा ओली पक्षका चार सांसद पुगेका छन्। सिंहदरबारमा नेपाल पक्षका तेस्रो तहका नेताहरुको भेला जारी छ। उनी भने केहीबेर अघि बाहिरिएका छन्।
ओली पक्षका सांसद्हरु कृष्ण दाहाल, सूर्य पाठक, गणेश पहाडी र नवराज सिलवाल पुगेका हुन्। उनीहरु किन गए भन्ने जानकारी प्राप्त हुन सकेको छैन। पहाडी भने केही अघिसम्म नेपाल पक्षमै थिए। उनी गत असारमा मात्रै ओली पक्षतिर लागेका हुन्।
सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएको छ। र, एमालेको माधव नेपाल पक्ष दल विभाजनका लागि तयारी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।