काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि आवश्यक कागजात र व्यवस्थापनका लागि नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएका छन्। नेता पाण्डे विभाजनका लागि आवश्यक केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनमा जुटेको स्रोतको भनाइ छ।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेसँगै नेकपा एमाले विभाजनको सम्मुखमा पुगेको हो। अध्यक्ष केपी ओली पक्षले भने दल फुटाउने अध्यादेश ल्याइए एमालेले प्रतिवाद गर्ने निर्णय गरेको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूको बैठक भने बानेश्वरस्थित अर्याल होटलमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।