फाइल तस्वीर।
काठमाडौं– सरकारले राजनीतिक दल सम्बन्धी व्यवस्थामा संशोधन गर्नेगरि अध्यादेश ल्याएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए दल फुटाउन सक्ने गरि अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्ने निर्णय गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
यसअघि उक्त व्यवस्थामा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान थियो। विद्यमान व्यवस्थामा २० प्रतिशत तल झारेर दल फुटाउन सहज बनाइएको छ।
नयाँ प्रावधानले एमालेको माधवकुमार नेपाल पक्षलाई दल विभाजन गर्न सहज हुने भएको छ। साथै, दलविहिन हुन पुगेका महन्थ ठाकुर पक्षले पनि नयाँ दल दर्ता गर्ने अवस्था बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।