काठमाडाैं– संसदको कृषि तथा तथा प्राकृतिक स्रोत समितिले झापाको गिरिबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय तत्काल रोक्न निर्देशन दिएको छ।
मंगलवार बसेको समितिको बैठकले सरकारलाई उक्त निर्देशन दिएको हो। झापाको उक्त चिया बगानको ३ सय रोपनी जग्गा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले सट्टा दिँदै विक्री गर्न खुला गर्ने निर्णय गरेको थियो।
हदबन्दीभन्दा धेरै जग्गा सरकारको नाममा आउनुपर्नेमा भूमिसम्बन्धी ऐनलाई अध्यादेशबाट संशोधन गर्दैै सरकारले उक्त निर्णय गरेको थियो।
सरकारको उक्त निर्णय गैरकानुनी भएकाे र सरकारको नाममा आउनुपर्ने जग्गा भूमाफियासँगको मिलेमतोमा व्यक्तिको बनाउन लागेको भन्दै समितिले तत्काल रोक्न मालपोत कार्यालय झापा र भूमि सुधार कार्यालयको नाममा पनि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।