फाइल तस्वीर
काठमाडौं- आफू पक्षका नेताहरुलाई एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली नसुध्रिने स्पष्ट भइसकेको बताए। उनको अभिव्यक्ति ओलीप्रति आक्रोशपूर्ण रहेको सहभागी एक नेताले बताए।
'हामीले यतिञ्जेल पार्टीमा सम्मानजनक एकता हुन्छ कि भनेर कुरेकै हो। ओली सुध्रिन्छन् कि भनेर पर्खिएकै हो। एकताको प्रयास गरेकै हो। तर, ओली सुध्रिएनन्। उनी नसुध्रिने प्रष्ट भइसक्यो', नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने।
नेपालले पार्टी विभाजन गर्ने भनेर स्पष्ट रुपमा नभनेको भए पनि त्यस्तो अवस्था आउन सक्ने बताएका थिए।
आजै दल विभाजनका लागि खुकुलो प्रावधान सहितको अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा नेपाल पक्षका केही सांसद् र केन्द्रीय सदस्यहरु सिंहदरबारमा जम्मा भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।