काठमाडौं- नेकपा (एमाले)का सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले २० प्रतिशत थ्रेसहोल्ड राखेर दल विभाजनको अध्यादेश आइसकेको दाबी गरेका गरेका छन्।
मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले राजनीतिक दल विभाजन सम्बन्धी खुलुको प्रावधान राखेर अध्यादेश ल्याइसकेको दाबी गरे।
ज्ञवालीले केन्द्रीय समिति वा संसदीय समितिमा २० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखेर अध्यादेश आइसकेको बताए। यसअघिको ४० प्रतिशवाला प्रावधान घटाएर २० प्रतिशतमा झार्ने निर्णय देउवा नेतृत्वको मन्त्रिपरिषदले गरिसकेको ज्ञवालीको दाबी छ।
यद्यपि, सरकारका तर्फबाट भने यसको औपचारिक जानकारी आइसकेको छ। बालुवाटारमा मन्त्रिपरिषद् बैठक भने जारी छ। सोमबार सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्का दुवै अधिवेशन अन्त्य गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।