काठमाडौं- नेकपा (एमाले)ले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई अराजक र पदलोलुप भएको आरोप लगाएको छ।
मंगलबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्षी दल एमालेभित्रका ‘अराजक र पदलोलुपलाई पार्टी विभाजनका लागि बैधानिकता तयार गर्ने षडयन्त्र’ सरकारले गरिरहेको आरोप लगाए।
उनले पार्टीलाई विभाजन गर्ने षडयन्त्रविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय बैठकले गरेको जानकारीसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।