फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले जनवर्गीय संगठनका नेता कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन्। नेपाल पक्षका सबै जनवर्गीय आयोजक रहेको कार्यक्रमलाई नेपालले सम्बोधन गर्न लागेका हुन्।
समसामयिक राजनीतिक सन्दर्भमा नेपालले विशेष सम्बोधन गर्ने बताइएको छ। जनवर्गीय संगठनलाई नेपालले आज गर्ने सम्बोधनलाई महत्त्वका साथ हेरिएको छ।
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला नेपालले गर्ने सम्बोधनलाई अर्थपूर्ण हेरिएको छ। सम्बोधन भर्चुअल माध्यमबाट हुने बताइएको छ। नेपालले जनवर्गीय संगठनलाई आज ३ः४५ बजे सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।