काठमाडाैं– प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन्। राजनीतिक दलसम्बन्धी व्यवस्थामा संशोधनका लागि अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्न बैठक बाेलाइएको प्रधानमन्त्रीनिकट स्राेतले जनाएकाे छ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई पार्टी विभाजन गर्न सहज हुने गरी अध्यादेश ल्याउन लागिएको चर्चा भइरहेकाे छ।
देउवाले आज बिहान जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेतासँग पनि छलफल गरेका थिए।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।