काठमाडौं– बागमती प्रदेशसभाको बैठक आज (मंगलबार) बस्ने भएको छ। मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो। आज प्रदेशसभाको आठौं अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।