काठमाडाैं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी गरेका छन्।
संसद् अन्त्य गरेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा अध्यक्ष ओलीले पार्टी फुटाउनुअघि नै नेपाल पक्षलाई कारबाहीको तयारी गरेका हुन्।
अध्यक्ष ओलीले आज स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्। कुनै अजेन्डाबारे जानकारी नदिएरै सबै सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ।
आजकै बैठकबाट कारबाहीको निर्णय गर्ने र चाँडै निर्वाचन आयोगलाई त्यसको जानकारी दिने ओली पक्षको तयारी रहेको एक नेताले बताए।
कारबाहीको निर्णयलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाएर अनुमोदन गर्ने तयारी ओली पक्षको छ।
पार्टी विभाजनको गतिविधिमा संलग्न रहेको आरोपमा कारबाही गर्ने तयारी रहेको उनले बताए। नेपाल पक्षले भने आजको दुवै बैठकमा सहभागी नहुने बताइसकेको छ। नेपालपक्षलाई नै फुटाउने गरी कारबाहीको निर्णय गर्ने ओलीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।