फाइल तस्वीर
काठमाडौं– लुम्बिनी प्रदेशको बैठक आज (मंगलबार) बस्ने भएको छ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
संविधानको घारा १८३को उपधारा १ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
आजको बैठकमा मुख्यमन्त्री केसीले बोल्ने कार्यसूची छ। अधिवेशन आह्वान र मन्त्रिपरिषद्बारे सभामुखले प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि केसीले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।