काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ। दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजेदेखि डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्ने जसपा नेता नवराज सुवेदीले बताए। पार्टी कार्यालयमा स्थान अपुग भएकाले पार्टी प्यालेसमा बैठक राख्नु परेको उनको भनाइ छ।
सोमबार पार्टीको कार्यकारिणी समिति बैठक बसी केन्द्रीय समितिमा पेस हुने अजेण्डा तय गरेको नेता सुवेदीले बताए।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्नेछन्। त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।
यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिने नेता सुवेदीले बताए।
अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ। अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन्।
जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नो पक्षमा रहेकोे उपेन्द्रपक्षको दाबी छ। पार्टी आधिकारिकता आफूहरुले पाएकाले बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा हुने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।