काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सत्ता पक्षकै कारण संघीय संसद् नियमावलीमा सहमति जुट्न नसकेको बताएका छन्।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा नेता पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसद्को दुवै सदनमा विचाराधीन संसद् नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसले रोक्यो भनी प्रश्न गरेका छन्।
उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद् नियमावलीमा नभई कानुनमै व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
कांग्रेस नेता पौडेलले सरकारले संविधान संशोधनका नाममा मुलुकमा राजनीतिक अस्थिरता ल्याउन चाहेको आरोप पनि लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।