काठमाडौं- त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खड्ग केसीले नेकपा (एमाले)को विदेश विभाग सदस्यको जिम्मेवारी लिएका छन्। राजन भट्टराई प्रमुख रहेको एमालेको विभाग प्रमुखमा केसी सदस्य छन्। सदस्यहरूमा केसीसहित १५ जनाले जिम्मेवारी पाएका हुन्।
पवर्तका केसी यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख समेत रहेका थिए। जापानको नागासाकी विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका केसीले हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्यापन गराउँदै आएका छन्।
एमाले महासचिव ईश्वर पोखरेलका निकट मानिने केसीले त्रिविमा अध्यापन गराउने जिम्मेवारीसँगै एमाले विदेश विभागको समेत जिम्मेवारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।