काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अधिवेशन अन्त्य गरेर सरकार आफैं नांगिने बाटोमा लागेको बताएका छन्। चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयका विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
प्रतिपक्षमा हुँदा संसदलाई बिजनेश नदिइएको भन्दै आलोचना गर्ने सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले महिना दिन पनि संसद् टिकाउन नसकेको बताए।
संसद् नहुँदा लोकतन्त्र र गणतन्त्रसमेत मासिने भनेर टिप्पणी गर्ने सरकारले पुनःस्थापना भएको एक महिनामै संसद् अन्त्य गर्नुलाई सामान्य रुपमा लिन नसकिने उनको भनाइ छ।
उनले भने, ‘संसद् भनेको संविधान, लोकतन्त्र, गणतन्त्र जम्मै हो भन्नेले केही नगरी संसद् अन्त्य गरिदिए। यसबाट उहाँहरु आफैं नांगिँदै हुनुहुन्छ।’
पार्टी फुटाउन अध्यादेश ल्याए पहिले जसपा र त्यसपछि कांग्रेस नै फुट्ने उनको भनाइ छ। उनले भने, ‘उहाँको पार्टी सग्लो रहोस् भन्ने कामना मात्रै गर्न सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।