१) अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण, हवाई उडानमार्फत् वा अन्य उपायद्वारा तत्काल उद्धार गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन। (सरकारलाई संसदीय समितिको निर्देशन)
२) हेलम्बुको भ्रेमाथाङ पहिरो अहिल्यै नरोकिने अध्ययन टोलीको निष्कर्ष, एक करोड पाँच लाख घनमिटर ग्रेगान थुप्रिएको उल्लेख, यो मौसमभरि मेलम्ची वा तल्लो तटीय क्षेत्रमा बस्न नमिल्ने। (भ्रेमाथाङ अध्ययन टोलीको निष्कर्ष)
३) ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलामा पूर्ण रोक लगाउन सर्वोच्चको अन्तरिम आदेश, स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको निरन्तर उल्लंघन भएको उल्लेख। (सर्वोच्चको अन्तरिम आदेश)
४) तालिबानलाई ‘शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण’ गर्न राष्ट्रपति घानी तयार, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन रुसको माग, पाकिस्तानद्वारा अफगानिस्तानसँगको सीमा पूरै सिल। (तालिबानलाई ‘सत्ता छोड्न’ राष्ट्रपति तयार)
५) र, राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट रेखा पौडेलसहित बाहिरिए १७ खेलाडी, दोस्रो चरणमा ४५ खेलाडीबाट २८ खेलाडी छनोट। (रेखासहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।