• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

निर्वाचन आयोगको ‘दर्ता’ हेरेर सारिएको कांग्रेस महाधिवेशन : संविधानले दल नचिने के होला?

64x64
लिलु डुम्रे आइतबार, साउन ३१, २०७८  २०:३९
1140x725

काठमाडौं- नेपाली कांग्रेसको १६–१९ भदौमा निर्धारित १४ औं महाधिवेशन मंसीरमा सार्ने निर्णय भएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन तीन महिना पर सार्ने निर्णय गरेको हो। तर, पार्टी विधान र संविधानले नदिएको अधिकार प्रयोग गरेर महाधिवेशन पर सारिएको आवाज कांग्रेसभित्रै उठेको छ। 

शनिबार सकिएको केन्द्रीय समितिको बैठकले महाधिवेशन सार्ने औपचारिक निर्णय गरे पनि महाधिवेशन मंसिरमा सार्दा विधान वा संविधानले दिएको कुन प्रावधान प्रयोग गरिएको भन्नेबारे कांग्रेस मौन छ। 

संविधानले दिएको अवधि कांग्रेसका लागि भदौ २३ सम्म छ। तर, मंसिर ९ देखि महाधिवेशन हुनेगरि कार्यतालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २३ पछि कांग्रेसको वैधानिकता संकटमा पर्ने बताइरहका नेताहरु पनि मंसिरमा महाधिवेशन गर्न सहमत भएका छन्। 

महाधिवेशन मंसिरसम्म पुर्‍याउन सकिने आधार कांग्रेसले आफ्नो दल दर्ताको मितिलाई बनाएको छ। २०७२ साल फागुनमा महाधिवेशन भएपनि कांग्रेसको दल दर्ता २०७३ को मंसिर ३० मा भएको थियो। निर्वाचन आयोगमा भएको तथ्यांक अनुसार कांग्रेसको सिरियल नम्बर ३० छ। दर्ता नम्बर ३८ रहेको छ। महाधिवेशन भएको ९ महिनापछि अर्थात् २०७३ मंसिर ३० मा कांग्रेस दर्ता भएको देखिन्छ। समयमा महाधिवेशन गर्न नसकेको कांग्रेसका लागि अर्को बहाना यही दर्ता भएको मिति बनेको छ।

शनिबारको बैठकमा संस्थापनइतरका केही नेताले भदौ २३ अघि महाधिवेशनको प्रक्रिया सुरु गरेर बीचमा धेरै ग्याप नराख्न आग्रह गरेका थिए। तर, संस्थापन पक्ष र संस्थापन इतरकै बहुसंख्यकको रुचिको आधारमा महाधिवेशन मंसिरमा पुर्‍याइएको छ।  

महाधिवेशनको मितिलाई नहेरेर निर्वाचनको दर्ता मिति हेर्ने हो भने मंसिर ३० सम्म अवधि रहन्छ। त्यसैलाई आधार मान्ने हो भने कांग्रेसलाई संविधानले दिएको अवधि पनि थपिएको मान्न सकिन्छ। त्यसो हुँदा २०७९ को जेठसम्म संविधानले दिएको अवधि हुन्छ। समयमा महाधिवेशन गर्न नसकेपछि पर सार्नका लागि कुनै ‘बहाना’ खोजिरहेको कांग्रेसका लागि निर्वाचन आयोगको दर्ता मिति त्यो बहाना बनेको छ। ‘कांग्रेसका लागि पाँच वर्षको अवधि बाँकी नै छ। संवैधानिक व्यवस्था अनुसार त कांग्रेसले आगामी जेठसम्म अवधि पाउँछ’, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने। 

महाधिवेशन पर सार्न अनेक विकल्प खोज्ने क्रममा संविधानको कमजोर छिद्र पनि कांग्रेसले खोजेको छ। संविधानको धारा २५९ को उपधारा ४ मा ‘विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’, भन्ने उल्लेख छ। संविधानको २६९ को उक्त व्यवस्थाले भदौपछि कांग्रेसको संवैधानिकताको प्रश्न उठ्छ। कांग्रेसकै कतिपय नेताको जिकिर भने फरक छ। धारा २६९ को व्यवस्थालाई २७० ले चिर्ने उनीहरुको दाबी छ।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

कांग्रेसको १४औं महाधिवेशन सर्‍यो, नयाँ मिति मंसिर ९ देखिशनिबार, साउन ३०, २०७८

धारा २७० को उपधारा (१) मा दलको कार्यमा प्रतिबन्ध लगाउनु संविधानको प्रतिकुल मानिने व्यवस्था छ। उक्त व्यवस्थाको आडमा केही नेताले भदौमा महाधिवेशन नहुँदैमा दलमाथि संवैधानिक प्रश्न नउठ्ने जिकिर शनिबारको बैठकमा गरेका थिए।  

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ को उपदफा २ मा ‘विशेष परिस्थिति उत्पन्न’ भएको अवस्थामा ५ वर्षमा महाधिवेशन हुन नसके ६ महिना थप्न सकिने व्यवस्था छ। यसअनुसार ऐनले दिएको ६ महिने अवधि कांग्रेसका लागि भदौ २३ बाट सकिँदैछ। त्यस अवधिमा पनि महाधिवेशन हुन नसके जरिवानाको व्यवस्था समेत ऐनमा छ।

ऐनको दफा ५४ को उपदफा १ मा ‘कुनै दलले देहायको कुनै काम नगरेमा आयोग (निर्वाचन आयोग) ले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भनिएको छ। निर्वाचन आयोगमा दर्ता भएको मितिले पाँच वर्षे अवधि कायम रहेकाले जरिवानाको प्रश्न नै नउठ्ने नेता गुरुङ बताउँछन्।

संवैधानिकता सकिने अवधिको आसपास महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी कांग्रेसले गरेको छ। वडा तहको अधिवेशन भदौ १८ गतेको लागि तोकिएको छ। महाधिवेशनको प्रक्रिया भदौ २३ अघि सुरु गरेपछि संवैधानिक प्रश्न नउठ्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डिलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको बुझाई छ। केन्द्रीय महाधिवेशन भदौमा गर्न नसकेको कारण र प्रक्रिया भने सुरु गरिएको पत्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने अधिकारी बताउँछन्। महाधिवेशन भएको मितिभन्दा आयोगमा दर्ता केही समय ढिलो भएकाले मंसिरसम्म अवधि लम्ब्याइएको उनको बुझाइ छ।

यो पनि पढ्नुहोस्

संस्थापनइतरका नेताहरुको असहमतिकै बीच देउवाले गराए महाधिवेशन सार्ने निर्णयशनिबार, साउन ३०, २०७८

कांग्रेसमा गाउँ/नगरपालिका अधिवेशनको नयाँ मिति भदाै २७ गतेलाई निर्धारण गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन असोज १ मा हुनेछ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन (एक मात्रै निर्वाचन भएको जिल्ला) असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १० मा हुनेछ।

असोज १० देखि १ महिनाको अवधिसम्म अधिवेशनहरू रोकिएको छ। दशैंका कारण एक महिना कार्यतालिका रोकेर प्रदेश अधिवेशन कार्तिकको १०, ११ र १२ का लागि तोकिएको छ। केन्द्रीय महाधिवेशनको अवधिका लागि एक महिना विचमा ग्याप राखिएको छ। मंसिर ९ देखि १३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ चयन शुक्रबार, माघ १६, २०८२
महेश बस्नेतको आग्रह- घुमन्ते उम्मेदवारलाई विकास देखाइदिनुस्, भोट एमालेलाई दिनुस् शुक्रबार, माघ १६, २०८२
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्