• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

निर्वाचन आयोगको ‘दर्ता’ हेरेर सारिएको कांग्रेस महाधिवेशन : संविधानले दल नचिने के होला?

64x64
लिलु डुम्रे आइतबार, साउन ३१, २०७८  २०:३९
1140x725

काठमाडौं- नेपाली कांग्रेसको १६–१९ भदौमा निर्धारित १४ औं महाधिवेशन मंसीरमा सार्ने निर्णय भएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन तीन महिना पर सार्ने निर्णय गरेको हो। तर, पार्टी विधान र संविधानले नदिएको अधिकार प्रयोग गरेर महाधिवेशन पर सारिएको आवाज कांग्रेसभित्रै उठेको छ। 

शनिबार सकिएको केन्द्रीय समितिको बैठकले महाधिवेशन सार्ने औपचारिक निर्णय गरे पनि महाधिवेशन मंसिरमा सार्दा विधान वा संविधानले दिएको कुन प्रावधान प्रयोग गरिएको भन्नेबारे कांग्रेस मौन छ। 

संविधानले दिएको अवधि कांग्रेसका लागि भदौ २३ सम्म छ। तर, मंसिर ९ देखि महाधिवेशन हुनेगरि कार्यतालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २३ पछि कांग्रेसको वैधानिकता संकटमा पर्ने बताइरहका नेताहरु पनि मंसिरमा महाधिवेशन गर्न सहमत भएका छन्। 

महाधिवेशन मंसिरसम्म पुर्‍याउन सकिने आधार कांग्रेसले आफ्नो दल दर्ताको मितिलाई बनाएको छ। २०७२ साल फागुनमा महाधिवेशन भएपनि कांग्रेसको दल दर्ता २०७३ को मंसिर ३० मा भएको थियो। निर्वाचन आयोगमा भएको तथ्यांक अनुसार कांग्रेसको सिरियल नम्बर ३० छ। दर्ता नम्बर ३८ रहेको छ। महाधिवेशन भएको ९ महिनापछि अर्थात् २०७३ मंसिर ३० मा कांग्रेस दर्ता भएको देखिन्छ। समयमा महाधिवेशन गर्न नसकेको कांग्रेसका लागि अर्को बहाना यही दर्ता भएको मिति बनेको छ।

शनिबारको बैठकमा संस्थापनइतरका केही नेताले भदौ २३ अघि महाधिवेशनको प्रक्रिया सुरु गरेर बीचमा धेरै ग्याप नराख्न आग्रह गरेका थिए। तर, संस्थापन पक्ष र संस्थापन इतरकै बहुसंख्यकको रुचिको आधारमा महाधिवेशन मंसिरमा पुर्‍याइएको छ।  

महाधिवेशनको मितिलाई नहेरेर निर्वाचनको दर्ता मिति हेर्ने हो भने मंसिर ३० सम्म अवधि रहन्छ। त्यसैलाई आधार मान्ने हो भने कांग्रेसलाई संविधानले दिएको अवधि पनि थपिएको मान्न सकिन्छ। त्यसो हुँदा २०७९ को जेठसम्म संविधानले दिएको अवधि हुन्छ। समयमा महाधिवेशन गर्न नसकेपछि पर सार्नका लागि कुनै ‘बहाना’ खोजिरहेको कांग्रेसका लागि निर्वाचन आयोगको दर्ता मिति त्यो बहाना बनेको छ। ‘कांग्रेसका लागि पाँच वर्षको अवधि बाँकी नै छ। संवैधानिक व्यवस्था अनुसार त कांग्रेसले आगामी जेठसम्म अवधि पाउँछ’, कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले भने। 

महाधिवेशन पर सार्न अनेक विकल्प खोज्ने क्रममा संविधानको कमजोर छिद्र पनि कांग्रेसले खोजेको छ। संविधानको धारा २५९ को उपधारा ४ मा ‘विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’, भन्ने उल्लेख छ। संविधानको २६९ को उक्त व्यवस्थाले भदौपछि कांग्रेसको संवैधानिकताको प्रश्न उठ्छ। कांग्रेसकै कतिपय नेताको जिकिर भने फरक छ। धारा २६९ को व्यवस्थालाई २७० ले चिर्ने उनीहरुको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

कांग्रेसको १४औं महाधिवेशन सर्‍यो, नयाँ मिति मंसिर ९ देखिशनिबार, साउन ३०, २०७८

धारा २७० को उपधारा (१) मा दलको कार्यमा प्रतिबन्ध लगाउनु संविधानको प्रतिकुल मानिने व्यवस्था छ। उक्त व्यवस्थाको आडमा केही नेताले भदौमा महाधिवेशन नहुँदैमा दलमाथि संवैधानिक प्रश्न नउठ्ने जिकिर शनिबारको बैठकमा गरेका थिए।  

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ को उपदफा २ मा ‘विशेष परिस्थिति उत्पन्न’ भएको अवस्थामा ५ वर्षमा महाधिवेशन हुन नसके ६ महिना थप्न सकिने व्यवस्था छ। यसअनुसार ऐनले दिएको ६ महिने अवधि कांग्रेसका लागि भदौ २३ बाट सकिँदैछ। त्यस अवधिमा पनि महाधिवेशन हुन नसके जरिवानाको व्यवस्था समेत ऐनमा छ।

ऐनको दफा ५४ को उपदफा १ मा ‘कुनै दलले देहायको कुनै काम नगरेमा आयोग (निर्वाचन आयोग) ले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ’ भनिएको छ। निर्वाचन आयोगमा दर्ता भएको मितिले पाँच वर्षे अवधि कायम रहेकाले जरिवानाको प्रश्न नै नउठ्ने नेता गुरुङ बताउँछन्।

संवैधानिकता सकिने अवधिको आसपास महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी कांग्रेसले गरेको छ। वडा तहको अधिवेशन भदौ १८ गतेको लागि तोकिएको छ। महाधिवेशनको प्रक्रिया भदौ २३ अघि सुरु गरेपछि संवैधानिक प्रश्न नउठ्ने डेमोक्रेटिक लयर्स एसोसिएसन (डिलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको बुझाई छ। केन्द्रीय महाधिवेशन भदौमा गर्न नसकेको कारण र प्रक्रिया भने सुरु गरिएको पत्र निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने अधिकारी बताउँछन्। महाधिवेशन भएको मितिभन्दा आयोगमा दर्ता केही समय ढिलो भएकाले मंसिरसम्म अवधि लम्ब्याइएको उनको बुझाइ छ।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

संस्थापनइतरका नेताहरुको असहमतिकै बीच देउवाले गराए महाधिवेशन सार्ने निर्णयशनिबार, साउन ३०, २०७८

कांग्रेसमा गाउँ/नगरपालिका अधिवेशनको नयाँ मिति भदाै २७ गतेलाई निर्धारण गरिएको छ। प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन असोज १ मा हुनेछ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन (एक मात्रै निर्वाचन भएको जिल्ला) असोज ५ र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १० मा हुनेछ।

असोज १० देखि १ महिनाको अवधिसम्म अधिवेशनहरू रोकिएको छ। दशैंका कारण एक महिना कार्यतालिका रोकेर प्रदेश अधिवेशन कार्तिकको १०, ११ र १२ का लागि तोकिएको छ। केन्द्रीय महाधिवेशनको अवधिका लागि एक महिना विचमा ग्याप राखिएको छ। मंसिर ९ देखि १३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार आइतबार, असोज २५, २०८३
हनुमानढोकाको दसैँघरमा राखियो जमरा (तस्बिरहरू) आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले पारेको असरको खबरले अत्यन्त दुःखी बनाएको छ :  डा.शशांक आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्