काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन मिति सार्ने निर्णय गरेको हो।
महाधिवेशनको नयाँ मिति मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको छ। आजको बैठकले क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गतेसम्म तोक्ने निर्णय गरेको छ।
यस्तै भदौ २ सम्म निर्वाचन निर्देशिका बुझाउने, भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ/नगरपालिका, असोज १ मा प्रदेश क्षेत्र क/ख, असोज ५ मा संघीय निर्वाचन क्षेत्र, असोज १० मा जिल्ला, असोज १२ मा प्रदेश र मंसिर ९-१३ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।