काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका ठूला माछा नजिक पुगिसकिएको दाबी गरेका छन्। आफ्नो एक सय दिने कार्यप्रगतिबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा पुगिसकेपछि अनुसन्धान त्रुतिपूर्ण भन्दै अभिव्यक्ति आउन थालेको बताए।
उनले भने, 'हामी सुन तस्करीका ठूला माछा नजिक पुगेका छाैं, अनुसन्धान त्रुटिपूर्ण भन्नु त्यसैको छटपटाहट हो।'
सुन तस्करहरुलाई बचाउन केही शक्ति लागिपरेको तर अनुसन्धान सही दिशामा रहेको उनले बताए। पत्रकार सम्मेलनमा उनले भने, ‘माछा मार्ने क्रम जारी छ, साना र मझौला माछा फेला परिसकेका छन्, अब ठूला माछा पनि छिट्टै फेला पर्नेछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।