१) माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ मा गर्ने अध्यक्ष प्रचण्डको प्रस्ताव, एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गर्नुपर्नेमा जोड। (राष्ट्रिय सम्मेलनबारे प्रचण्डको प्रस्ताव)
२) कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु, दुई हजार ६२४ जनामा संक्रमण पुष्टि, उपत्यकामा थपिए ७९५ कोरोना संक्रमित। (कोरोना संक्रमणबाट २० जनाको मृत्यु)
३) मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था नभएको पूर्वगभर्नरहरूको टिप्पणी, गत वर्ष कोभिड राहत प्याकेजको नियमावलीसमेत बन्न नसकेकोतर्फ सरकारको ध्यानाकर्षण। (मौद्रिक नीतिमा पूर्वगभर्नरहरूको टिप्पणी)
४) अबको ३० दिनभित्र तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने अमेरिकाको निष्कर्ष, तालिबानसँग सचेत अमेरिका, संवेदनशील कागजात र विद्युतीय सामग्रीहरू नष्ट गर्न दूतावासलाई निर्देशन। (तालिबानसँग सचेत अमेरिका)
५) र, आईसीसी टी-२० विश्वकप क्रिकेटमा सहभागी राष्ट्रलाई २३ सदस्यीय टिम बनाउन अनुमति, १५ खेलाडी र आठ अफिसियल सदस्य राख्न दिने निर्णय। (टी-२० ट्वान्टीमा २३ सदस्यीय टिमलाई अनुमति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।