काठमाडौं- कीर्तिमानी धावक बैकुण्ठ मानन्धर ‘लाइफ टाइम अचिभ्मेन्ट’अवार्डबाट सम्मानित भएका छन्।
डा खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले शनिबार मानन्धरलाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभ्मेन्ट’अवार्डबाट सम्मान गरेको हो।
दक्षिण एसियाली खेलकुद (साग)को लगातार तीन संस्करणमा स्वर्ण जित्ने मानन्धर पहिलो नेपाली खेलाडी हुन्।
उनले सुरुका तीन संस्करणको म्याराथनमा स्वर्ण जितेका थिए। १९८७ मा भारतको कोलकातामा भएको तेस्राे सागमा उनले स्वर्ण जित्ने क्रममा निकालेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय सागको १३ औं संस्करणको समाप्तिसम्म कसैले तोड्न सकेको छैन।
विश्व खेलकुदको सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक सर्वाधिक खेल्ने नेपाली खेलाडीको सूचीमा मानन्धर सबैभन्दा अगाडि छन्। उनले ओलम्पिकको चार संस्करणमा नेपालको प्रतिनिधित्व गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।