काठमाडौं- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पूर्ण बैठकमा एमसीसीको बारेमा थप स्पष्टता हुनुपर्ने सुझाव पेस भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिने क्रममा लुम्बिनी समूहले एमसीसीको बारेमा थप स्पष्टता हुनुपर्ने सुझाव दिएको हो। एमसीसीबारे प्रतिवेदन पूर्ण नभएको उक्त समूहको सुझावमा उल्लेख छ।
यस्तै लिपुलेक र लिम्पियाधुराको भूमि प्राप्तिको विषयमा थप प्रस्टता हुनुपर्ने सुझाव लुम्बिनी समूहले दिएको छ। 'समाजवादमा जाने कुरालाई मूर्तरूप दिइएको पाइएन। समाजवादमा जान अjलम्बन गरिने बाटो थप मूर्तरुपमा आउनुपर्यो,' सुझावमा उल्लेख छ।
आजदेखि सुरु भएको पूर्ण बैठकमा अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपपमा सुझाव दिने क्रम चलिरहेको छ। आठ समुहमा रहेर प्रतिवेदनमाथि सुझाव संकलन भइरहेको छ बैठकमा सहभागी एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।