काठमाडौं- नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्तावमा उनले निर्वाचनसम्म गठबन्धन कायम राख्ने पार्टीको नीति हुने उल्लेख गरेका छन्।
'अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि र सुशासन कामय गर्न निर्माण गरिएको गठबन्धनलाई यही रुपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हुनेछ', प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।
उनले नेकपाको स्वामित्व आफूहरूले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। 'नेकपाको राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन्। मूलतः आफ्नै शक्तिमा भरपर्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व समेत हाम्रो पार्टीले लिनुपर्दछ', प्रतिवेदनमा भनिएको छ।
यस्तो छ पूर्णपाठ :








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।