प्रतिकात्मक तस्वीर।
काठमाडौं- पाल्पामा बाबुले स्याललाई भनेर हानेको भरुवा बन्दुकको गोलीले लाग्दा छोराको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर उनका छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो।
प्रहरीले कर्णबहादुरलाई पक्राउ गरिसकेको जिल्ला प्रहरीका कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए।
उनका अनुसार कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका आफ्नै छोरा धनबहादुरलाई लागेर मृत्यु भएको थियो।
गोली लाग्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको डीएसपी त्वातीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।