काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुरपक्षले आज काठमाडौंमा भेला आयोजना गर्ने भएको छ।
साउन २२ गतेदेखि देशव्यापी रुपमा भइरहेको अगुवा कार्यकर्ता भेला अन्तर्गत “बागमती प्रदेशको अगुवा कार्यकर्ता भेला" शनिबार बिहान साढे ११ बजे कालिकास्थानस्थित अमृत भोग पाटी प्यालेसमा आयोजना हुने उक्तपक्षले जनाएको छ।
भेलालाई महन्थ ठाकुर, राजेन्द्र महतो, शरद सिहं भण्डारी, अनिलकुमार झा, श्री लक्ष्मणलाल कर्ण र गणेश योञ्जन लगायत महत्वपूर्ण वक्ताहरुको उपस्थिति रहने जानकारी छन्।
निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।