१) नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको २०७८/७९ को मौद्रिक नीति सार्वजनिक, चालु आवमा मूल्यवृद्धि ६.५० प्रतिशतमा सीमित गर्ने लक्ष्य, जागिरेहरुका लागि आधार दरमै ऋण दिइने (मौद्रिक नीति सार्वजनिक)
२) संघीय संसद्मा आक्रामक प्रतिपक्षका रुपमा प्रस्तुत हुँदै नेकपा एमाले, ओलीको स्वास्थ्यमाथि गरिएको टिप्पणीका विरोधमा पारियो सभामुखलाई रुलिङ गर्न बाध्य (एमालेको प्रतिपक्षी अवतार)
३) ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्नेलाई तत्काल खोपको व्यवस्था गर्न सर्वोच्चको आदेश, घरमै कोभिडको खोप सेवा उपलब्ध गराउन निर्देशन (खोपमा विशेष व्यवस्थाका लागि आदेश)
४) अमेरिकाले आफ्ना नागरिक उद्धारका लागि तीन हजार सैनिक पुनः अफगानिस्तान पठाउने, अबको ३० दिनभित्र तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने अमेरिकाको निष्कर्ष (तालिबानको बढ्दो प्रभाव)
५) र, स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र जर्मन बुन्डेसलिगाको नयाँ सिजन शुक्रबारदेखि सुरु, ला लिगा १७ वर्षपछि पहिलोपटक सुपरस्टार लिओनल मेस्सीबिना सञ्चालन हुँदै (फुटबलको माहोल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।