• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

नेपाली आधुनिक सङ्गीतको १०० वर्ष : सेतुरामदेखि डिजिटल युगसम्म

64x64
बुलु मुकारुङ शनिबार, साउन ३०, २०७८  ०७:००
1140x725
पहिलो गायक मानिएका सेतुराम (बायाँ) र बच्चु कैलाश।

नेपाली आधुनिक सङ्गीतको आरम्भ भएको १०० वर्ष पूरा भएको छ। यसबीचमा थुप्रै सुरकर्मीहरूले नेपाली आधुनिक सङ्गीतलाई विकसित बनाउन अविष्मरणीय योगदान पुर्‍याए। अनेकौँ शैली, ढाँचा र परम्परा स्थापित भए। वर्तमान नेपाली सङ्गीतमा यति धेरै विविधता पाइनुमा हिजोको परिश्रम र आजको व्यवसायिक प्रयोग नै हो। सङ्गीत उद्योगको स्थापनाले यसलाई झनै उचाइमा पुर्‍याएको छ।

आरम्भकालीन नेपाली आधुनिक सङ्गीत क्षेत्रका सीमित सुरकर्मी वा सर्जकले छिमेकी मुलुक भारत नगई आफ्ना गीत–सङ्गीत रेकर्ड गराउन सक्ने स्थिति थिएन। भारत जान पनि बाटोघाटो, यातायातलगायत समस्या थिए। तथापि कलकत्ता, बम्बै आदि स्थान पुगी गीत–गायनका डिष्क रेकर्ड गरिए। यहीँबाट नेपाली आधुनिक सङ्गीतको फराकिलो पथको विकास र परिवर्तन भएको हो।

१९६५ सालताका सेतुराम र मोतीरामकृत पहिलो नेपाली गजल ‘यता हेर्‍यो यतै मेरा नजरमा राम प्यारा छन्’ लाई नै रेकर्डका हिसाबले नेपाली आधुनिक सङ्गीतको प्रमाणिक प्रथम गीत मानिएको छ। यसबाट बुझिन्छ, नेपाली गीत–सङ्गीतको उठान गजल गायनबाट भएको हो। १९६५ सालअघिका गीत–गायनका डिष्क–रेकर्ड अहिलेसम्म फेला परेका छैनन्।

बुलु मुकारुङ

भनिन्छ, १९५० सालदेखि नै नेपाली गीत–सङ्गीतको प्रारम्भिक चरणको पाइला उठिसकेको थियो। यस उठानलाई प्रष्ट्याउने कुनै स्तम्भ–प्रमाण वा निश्चित रेकर्ड अभिलेख नभेटिनु वा यस क्षेत्रका सुरकर्मीले थाहा नपाउनु अथवा इतिहास–अभिलेख समेतको खोजी–अध्ययन नहुनु चाहिँ दुःखदायी कुरा हो।

अग्रज आदि सुरकर्मी सेतुराम (वि.सं. १९४०–२००२) को इहलीला करिब ६२ वर्षसम्म रहेको देखिन्छ। यसबीचमा उनले प्रकाशनमा ल्याएकामध्ये पाइएका १४ वटा डिष्क रेकर्डमा संग्रहित २८ वटा गजल, झ्याउरे साथै भजन, निर्गुण, राग–रागिनी र नेवारी नाम दिएका गीतहरू पाइन्छन्। नेपाली आधुनिक गीत–सङ्गीतको अभिलेखमा ‘ए आमा सानीमा, टिपी देउन सानीमा, फूलको थुङ्गा खस्यो पानीमा’, ‘छिः ज्यानी तिमीले त माया मार्‍यौं नि’, ‘झल्झली मैया पाताली बोलाउँदा बोल्दिनौं’, ‘आज त जाऊँ जाऊँ भोलि त जाऊँजाऊँ पर्सी त जाइ जाउँला’, आदि गीतहरू पाइन्छन्। जसबाट नेपाली आधुनिक सङ्गीतको विकासक्रम अगाडि बढेको थियो।

यसैगरी मेलवादेवी (वि.सं. १९५९–२०१२) नेपाली आधुनिक सङ्गीतको अभिलेखमा देखा पर्ने अर्थात् गीत–गायनको डिष्क रेकर्ड भर्ने प्रथम गायिका हुन्। उनका साङ्गीतिक कृतिहरू क्रमशः ‘आउन बसौं पियारी मिर्मिरे झ्यालैमा’, ‘हाइ मेरो परदेशी प्रितम छोडेर जानु भो’, ‘यो जिन्दगीको के भरोसा’, ‘भूकम्प त्रास’, ‘माया मारी निष्ठुरीले छानी छानी रस लिएर’, ‘कैया फूलबारी’, ‘थापा न थली’, साथै ‘न घरलाई घर कहिन्छ’–(रचना : शुक्रराज शास्त्री) आदि हुन्।

यसैगरी अर्का अग्रज सुरकर्मी मास्टर मित्रसेन (सन् १८९५–१९४६) नेपाली आधुनिक सङ्गीतको विकासक्रममा देखा पर्छन्। उनले गाएका गीतहरू आजसम्म लोकप्रिय छन्। ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बैनीले’, ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’, ‘अब त जाऊँ कान्छी घर, बाटो छ उकाली ओराली’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो’, ‘भन गोर्खाली दाजुभाइ –जय गोर्खाली’, ‘चुइचुई चुइकने जुत्ता रेसमको साडी मै किन दिउँला’, ‘म त तिम्रो घनश्याम तिमी मेरो राधा पियारी’, ‘नौतले बाउन्ने ढोका’, आदि गीतहरू मा. मित्रसेनले गाएको पाइन्छ। गीतबाहेक उनले नाटक, गीति नाटक, भजन–किर्तनादिका डिष्क रेकर्ड पनि प्रसस्तै निकालेको पाइन्छ।

शास्त्रीय तथा झ्याउरे सङ्गीतको आधारमा सङ्गीतबद्ध गरिएका त्यसबेलाका गीतहरू प्रायः गायक/गायिका स्वयम्ले नै रचना गरेको हुनुपर्छ। किनकि, केही गीत वा गजलबाहेक रचनाकारको नाम उल्लेख गरिएको पाइँदैन।

nimb
nimb

अर्का गायक दलबहादुरको प्रवेशले पनि नेपाली आधुनिक सङ्गीतलाई अगाडि बढाउन मद्दत गरेको छ। उनले ‘कान्छी नानी फूल भयो खरानी’, ‘सुनसुन कान्छी नानी’, बोलका दुई गीत वि.सं. १९७० को दशकतिरै डिष्क रेकर्डमा गाएको मानिन्छ।

गीतको शब्दमा ‘नानी’ लेख्ने चलन र राणाकालीन दरबारमा रहेका नाचगानका तालिमेहरूलाई ‘नानी’ भन्ने प्रचलन एकै समयको उत्पादन हुनसक्ने अनुमान गर्न सकिन्छ। यो प्रसंग किन उठ्नु जरुरी छ भने ‘कान्छी’ तथा ‘नानी’ आदि शब्दावलीको प्रयोग तात्कालीन दरबारमा हुने गर्दथ्यो। यसको प्रभाव गीत–सङ्गीतका माध्यमले जनस्तरसम्म पनि पर्न गएको देख्न देखिन्छ। लोकगीतमा त झन् धेरै यस्ता शब्दहरू छन्।  

मिस पाताल चाइनाका गीतहरू वि.सं. १९८८ पछिका डिष्क रेकर्डमा पाइएका छन्। ‘अनाहक मोहन बाटो नछेक मलाई’, डिष्क रेकर्डको एकापट्टि र अर्कोपट्टि नेवारी गीत छ। संभवतः नेवार भाषाको गीत गाउने पहिलो नारी मिस पाताल चाइना नै हुन्। यसअघि सेतुरामले पनि नेवारी गीत गाइसकेको देखिन्छ।

मिस पाताल चाइनाकै समकालीन गायिका तारा वाई हुन्। उनले पनि ‘बनी योगी बसी वनमा’, र अर्को नेवारी गीत गाएकी छिन्। गायिका दुलारीले गाएका दुई वटा गीत पनि फेला परेका छन्। ती गीत ‘आशा गरेर खाली बाँचौं हरे कसरी’ र ‘आयो वसन्त महिना’ हुन्।

नेपाली आधुनिक सङ्गीतको विकासक्रममा युगल गायनको सुरुआत गायिकाद्वय मिस प्रमिला र दुलारीले गरेको भिटिएको छ। उनीहरुले गाएको ‘म तो गर्ने हुँ है रोजी रोजी’ बोलको गीत नै नेपाली सङ्गीतको अभिलेखमा अहिलेसम्ममा पाइएको प्रथम युगल गीत हो।

नेपाली आधुनिक सङ्गीतको विकासक्रममा युगल गायनको सुरुआत गायिकाद्वय मिस प्रमिला र दुलारीले गरेको भिटिएको छ। उनीहरुले गाएको ‘म तो गर्ने हुँ है रोजी रोजी’ बोलको गीत नै नेपाली सङ्गीतको अभिलेखमा अहिलेसम्ममा पाइएको प्रथम युगल गीत हो।

वि.सं. १९९० सालतिरै मास्टर पूर्णमानको आगमन नेपाली सङ्गीत क्षेत्रमा भएको हो। उनले ‘रानी वनैमा नारान सम्झ मनैमा’, ‘एक्लै छोडी नजाऊ नानी वनको दोकानमा’ बोलका गीतहरू एकल स्वरमा तथा ‘प्रेमको झोली प्रेमको गोली प्रेमको यो लीला’ बोलको युगल गायन गायिका हिनादेवीसँग गाए। नारी तथा पुरुष आवाजमा रहेको यो नै पहिलो नेपाली युगल गीत हो। पुरुष नै नारी बनेर नाच्ने–गाउने समयमा नेपाली सङ्गीतमा भने पुरुष र नारी मिलेरै गीत गाए।

यसैक्रममा मास्टर जीतु सिंह नेपाली गायनमा देखा पर्छन्। उनी शास्त्रीय तथा झ्याउरे शैलीलाई टपक्क टिपेर गीत लयवद्ध गर्न सफल छन्। उनका ‘तिम्रो सुन्दर कलिलो बैंशमा’, ‘घाँटीमा दम छ मेरो एक झल्को’ र ‘तीर जस्तो तिम्रो आँशु हेरेँ’ आदि गीत भेटिन्छन्। यसैगरी मिस प्रभा, हिरावाई, पञ्चबाला दासी, पारुलबाला, चन्दादेवी, सोनी सिंह, शान्तिदेवी साथै उस्ताद खेम चन्द, हवल्दार मानवीर राना, उस्ताद बद्री, भवानीचरण दास, उस्ताद साहिँला र मास्टर रत्नदास प्रकाशले नेपाली आधुनिक सङ्गीतलाई अगाडि बढाएको पाइन्छ।

मिस प्रभाले ‘तावाँको घैला नौरंगे डाँफे पित्तलको घपना’, ‘पंक्षी जब बोले’ र ‘किन छोड्यौ तिमीले रस चाखी निष्ठुरी’ (गजल) आदि गीत–गजल गाएकी छिन्। मिस हिनादेवीले ‘कान्छाले कान्छीलाई लग्यो बनको बाटो लालटीन बालेर’ र ‘कृष्ण निबुवा निचोरी मारी हाल्यौं’, ‘मेरो बाला जोवन’, ‘बाँका मोहनमा’, ‘सिरुपाते खुकुरीको कति राम्रो कर्द, मेरो जोवन उडाइ लाने को पो होला मर्द, कृष्ण बजाऊ मुरली’ साथै मास्टर पूर्णमानसँग ‘प्रेमको झोली’ (युगल) आदि गीत गाएको पाइन्छ। वि.सं. १९९० कै दशकमा उस्ताद खेच चन्दले ‘मै हुँ कन्या कुमारी’, ‘बसन दिनभर’ लगायत र गायिका हिरावाईसँग ‘चर्की गो मर्की गो मेरो नारी’ बोलको गीत गाएको देखिन्छ। नेपाली आधुनिक सङ्गीतको सुरुवातमा उस्ताद खेम चन्द र हिरावाई युगल गीत गाउने अर्को जोडी थिए। गायिका हिरावाईले एकल रुपमा अन्य कुनै गीत गाएको हालसम्म पाइएको छैन।

वि.सं. १९९० कै दशकमा उदाएकी अर्की गायिका पञ्चबाला दासी हुन्। उनले ‘नरोऊ मोहन बुझन पराई’, ‘यो जिन्दगीको’, ‘पापी कृष्ण निरमाई’ र झ्याउरे शैलीमा रहेको ‘निश्चय पनि तारी’ आदि गीत गाएको देखिन्छ। ‘माला गाँसी लैजाऊ सुन्दर’, ‘आज दुःखीहरूलाई प्यार गर’ बोलका गीत गाउने भवानीचरण दासका डिष्क रेकर्ड यसै दशकमा श्रोतमाझ आएको मानिन्छ।

यही समयका अर्का गायक हवल्दार मानवीर राना हुन्। उनले ‘मलाई सिपाही भनी डियर हेला नगर तिम्लाई ल्याईदिउँला गम्काउने सारी’, र ‘माया त नमारे मेरो ज्यान’ बोलका दुई गीत गाएको पाइन्छ। उस्ताद आनन्दलाई भने वि.सं. १९८९ तिरकै गायक मानिन्छन्। उनका ‘आँशु कति त खस्छ’, ‘म भएता बगेको’, ‘नबोली किन हेर्छौ’ र ‘सदा चञ्चल नजर पर्दा खरानी घस्न बाँकी भो’ आदि गीत छन्।

मिस पारुलबालाले गाएका गीतहरू ‘माया नमार प्यारी’ (झ्याउरे), ‘प्रेम अग्निमा परी’ (गजल) आदि छन्। मिस पारुलबालाकै समकालीन मिस चन्दादेवीले ‘यो पिरती लाउँला कसरी’ र ‘मलाई कान्छी नखान देउ हरियो धनियाँ’ बोलका दुई गीत गाएको देखिन्छ। यसैगरी मिस सोनी सिंहले ‘मन हरेर लग्यो लोभाई लोभाई’, र ‘महाभक्त हरि महाँ’ तथा मिस शान्तादेवीले ‘बुबा बम्बै नगइ छोड्दिनँ’ र ‘कस्को अत्तर गम्क्यो नि’ बोलका गीत गाएका छन्।

नेपाली आधुनिक सङ्गीतको विकासक्रममा उस्ताद साहिँला (वि.सं. १९५१–२०१३) र उस्ताद बद्री (वि.सं. १९५७–२०१८) का योगदान उल्लेखनीय छ। साहिँलाले ‘कालो ठेकी नारान काली काठको रातो ठेकी दारको, दिनै आउँछ रिङ्दैधुम्दै जोवन एकै बारको हजुर सर्मै रिसाउने’, ‘तीनै सहर नारान नेपालैमा रक्सी बेच्ने सुँडी, लौरो टेकी पोइला जाने दाँत फुक्लेकी बूढी’ आदि बहुप्रचारित गीत गाएका छन्। त्यसैगरी ‘साइँलाजी चन्दनीको उकालीमा लाउँला ठूलै बर माया लै’, ‘दिल ज्यान दिई रहेछु बोलु न’, ‘बिन्ती नछेड छाती’, ‘नआ गाउनको सारी मेरो’ (गजल) आदि गीत–गजल पनि गाएका छन्। यसैगरी उस्ताद बद्रीले ‘न बर्छी न खन्जर’ (नेपाली गीत), ‘मेरो बारीको मोल नदे’ (ठुमरी), ‘एक चुम्बन एक खित्का’ (रचना ः बालकृष्ण सम), ‘जुथा चाल’ (नेवारी), ‘गर्नु फिराद कस्मा’ (गजल) आदि गीत–गजल गाएको पाइन्छ।

आधुनिक सङ्गीतको पहिलो चरणको बीचैमा मास्टर रत्नदास प्रकाश (वि.सं.१९७०–२०४९) को साङ्गीतिक आगमन भयो। उनले ‘झमझम पानी पर्‍यो असारको रात, बारीबाट बज्न लागे मकैको पात’, ‘प्रेम पियारी तिमी छौ’, ‘छिटोछिटो जाऊ बादल’, ‘त्रिभुवनको वैकुण्ठ यात्रा’ (रचना : ठाकुरनाथ रिमाल), ‘जोवन बित्यो आँशुले’, ‘व्यर्थै नरोऊ हे दिल’, ‘म आउने छु’, ‘न आयो नीँद आँखामा’, ‘डाक्छ मलाई पुकार्दै’ लगायत धेरै गीत गाएका छन्।

रेडियो नेपालको स्थापना (२००७ चैत २०) सँगसँगै उस्ताद गोविन्दलाल, धर्मराज थापा (विंसं. १९८१), कृष्णमान डंगोल ( विंसं. १९८२–२०६२), भैरबबहादुर थापा ( विंसं. १९८२), हरिप्रसाद रिमाल (विंसं.१९८२), नातिकाजी (विंसं. १९८२–२०६०), जनार्दन सम (विंसं. १९८४–२०३९), कोइलीदेवी (विंसं. १९८७–२०४६), पन्नाकाजी ( विंसं. १९८८), पुष्प नेपाली (विंसं. १९८८–२०५८), शिवशंकर (विंसं. १९८९–२०६१) आदि सङ्गीतकर्मीहरूको साङ्गीतिक यात्रा आरम्भ हुन थाल्दछ। नेपाली आधुनिक सङ्गीतको मौलिकपन शुरु पनि यहीँबाट हुन्छ। यो समयलाई नेपाली सांगितिक विकासक्रमको दोस्रो चरण आरम्भ भएको मानिन्छ।

यसैक्रममा ज्ञानबहादुर, प्रेमप्रकाश मल्ल, रानुदेवी, फत्तेमान, कल्याण रिमाल, प्रेमध्वज, माणिकरत्न, अम्बर गुरुङ, जगतमर्दन थापाका गीतहरु आए। त्यस्तै बच्चुकैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा आदि सिर्जनशील सुरकर्मीहरूको उपस्थितिले नेपाली आधुनिक सङ्गीतको फैलावट हुँदै गयो र नेपाली सङ्गीतक अर्को नयाँ युगमा प्रवेश गरेको देखिन्छ।

यही मूलबाटोमा सीपी लोहनी, चन्द्रराज शर्मा, गंगा राणा, सीके रसाइली, कर्म योञ्जन, गणेश परियार, दिलमाया खाती, अशोक राई, रनजित गजमेर, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ भोजपुरे, गणेश रसिक, योगेश वैद्य, नुपुर भट्टाचार्य, सुशीला कंशाकार, बटुकृष्ण ज्वाला, कमला श्रेष्ठ, ज्ञानु राणा, शुभबहादुर, दीप श्रेष्ठ, भक्तराज आचार्य, मीरा राणा आदि देखिन्छन्।

२०२०–२१ सालपछि रामेश, रायन, मंजुल अर्थात् ‘राल्फा’ समूह बन्यो। जसले जनवादी गीत–सङ्गीतको माध्यमबाट सामाजिक तथा राजनीतिक परिवर्तन वा जागरण–रुपान्तरको गोरेटो खन्न थाले। २०१८–१९ सालअघि रामेश अर्थात् रामेश्वर श्रेष्ठ र रायन अर्थात् नारायणभक्त श्रेष्ठले फरक ढंगका ओखलढुंगे लोकगीतहरू गाएका छन्। ती गीतहरू ‘गाई चर्नेमा भैसी चर्‍यो वनको सेखी झर्‍यो, वनको राजा कुसुण्डालाई हजुर भन्नुपर्‍यो’ जस्ता थिए।

२०२४ सालतिर राल्फा फुटेर ‘लेकाली परिवार’ जन्मियो। जसमा गणेश रसिक, हिरण्य भोजपुरे, नवीनकिशोर राई, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, कमला श्रेष्ठ, शशी भण्डारी, इन्द्रनारायण आदि थिए। त्यस परिवारले पहिला सुनिँदै आएका आधुनिक गीतहरूभन्दा पृथक शैलीका सिर्जना ल्याए। ‘हाम्रो घरबाट टेम्के डाँडा’, ‘कुकुरी काँ रातो भाले क्वाँक क्वाँक’, ‘मेरी सिम्मा हेर्दा हेर्दै’, ‘ए है है आज भेडाबाख्रा कता लाने’, ‘सोल्टिनी त गाजले सोल्टिज्यूको लाजले’, ‘सैसै सैसै हाम्रो झाँक्री नाच्दै आयो’, ‘लडी नहार्ने नेपाली छाती’ आदि प्रयोगधर्मी गीतहरू स्रोताबीच आएपछि यस परिवारका सिर्जना लोकप्रिय भए।

२०२७ सालतिर पाल्पामा ‘देउराली परिवार’को उदय भयो। जसमा मदन देउराली, भरत देउराली आदि सम्मिलित थिए। उनीहरुका गीत पनि चर्चित बने। जस्तैः ‘माछी मारन हो दाइ हो, आजलाई चटनी’, ‘चरी मर्‍यो सिसैको गोलीले, म त मरेँ बैनीको बोलीले माया साथैमा उडायो रेलैले’, ‘म सानो छैन, रेलमा चढी सुइकिन बेर छैन’ आदि धेरै चर्चित गीत स्रोता माझ आए। पछि यिनै गीतहरू अरु कलाकार तथा सङ्गीत समूहले ‘रिमेक’ गरी गरिखाने बाटो बनाए।

जनवादी गीत–गायनकै सिलसिलामा २०२९–३० सालतिर ‘संकल्प’ परिवारको जन्म भयो। उनीहरुले गीत–सङ्गीत र प्रकाशनको माध्यमबाट राजनैतिक परिवर्तन खोजे। त्यसमा रामेश, मञ्जुल, जेबी टुहुरे, शम्भु राई, रामकृष्ण दुवाल, यम पयङ्गू, विजय सब्बा, लोचन भट्टराई, निलिमा राई आदि थिए। परिवर्तनकै लागि गायक जीवन शर्माले समातेको साङ्गीतिक धार अलग्गै छ। रक्तिम परिवार, इन्द्रेणी परिवार, इसास, आदि जनपक्षीय सङ्गीतका लागि स्थापित समूह हुन्।

नेपाली आधुनिक सङ्गीतको विकासमा रेडियो नेपाल, रत्न रेकर्डिङ संस्थान, चलचित्र संस्थान, राष्ट्रिय नाचघर आदिको भूमिका उल्लेखनीय छ। विसं. २०४० को दशक आइपुग्नु अगावै पाश्चात्य शैलीका सङ्गीत समूह देखा परे। ‘द पाखेज’, ‘डाइमण्ड’, ‘प्रिजम’, ‘द हिमालयन’ आदि यसका उदाहरण हुन्। जसमा सुवर्ण ताम्राकार, सुवर्ण लिम्बू, पेम्बा लामा, देव राना, किशोर गुरुङ, रबर्ट सुब्बा, अल्बर्ट सुब्बा, महेन्द्र लामा, दिनेश राई, राजु गुरुङ, दीपक थापा आदि छन्।

१०० वर्षभित्र आधुनिक नेपाली सङ्गीतका ठूल्ठूला आरोह–अवरोह र निरन्तर परिवर्तन भएका छन्। डिष्क रेकर्ड हुँदै स्पुल रेकर्ड, क्यासेट, सीडी अनि डिजिटल युगसम्म आएको छ।

१०० वर्षभित्र आधुनिक नेपाली सङ्गीतका ठूल्ठूला आरोह–अवरोह र निरन्तर परिवर्तन भएका छन्। डिष्क रेकर्ड हुँदै स्पुल रेकर्ड, क्यासेट, सीडी अनि डिजिटल युगसम्म आएको छ। शैली, शिल्प वा प्रभाव पनि यही कालखण्डमा धेरै भयो। पूर्वीय र पाश्चातय सङ्गीतका प्रयोग माझ नेपाली लोकलयलाई समेत आधुनिक सङ्गीतमा समिश्रण गरियो। जसले नेपाली आधुनिक सङ्गीतमा भिन्न स्वाद निष्पत्ति हुनपुग्यो।

२०२० सालपछि नेपालको सीमा बाहिरबाट नेपाली भाषी सङ्गीतकर्मीहरू ठूलो क्षेत्र खोज्दै नेपाल भित्रिन थाले। यस क्रममा पिटर जे. कार्थक, रनजित गजमेर, सङ्गीता सुब्बा, प्रकाश गुरुङ, वृन्दा मोक्तन, नोर्बु छिरिङ, बद्री–दुर्गा खरेल, कुमार सुब्बा, दावा ग्याल्मो, नन्द हाङ्खिम आदि उदाए। विसं. २०४० को दशकको सेरोफेरोमा विनोद स्याङदेन, सुकमित गुरुङ, पवन गोले, डेजी बराइली, वसन्त क्षेत्री, शिलाबहादुर मोक्तान, कुन्ती सुन्दास, उदय–मनिला सोताङ, लासिमित राई आदि सङ्गीतकर्मीको नेपाली गीत–सङ्गीतमा सघन प्रवेश भयो।

यही क्रममा असाम–सिलोङबाट सीके रसाइली, आरती नेवा, चन्द्रकला नेवा र पछिल्लो समयमा गुनु घर्ती, कृष्ण मिजार, आरती शर्मा, मिलन नेवार आदिको प्रवेश भएको छ। भुटानबाट मणि सुब्बा, मधुकर लोहनी आदिको आगमन भयो। सिक्किमबाट देउकुमार दुमी, बली सुब्बा, शिरिकुमार पाख्रिन, रोजलीन लामा, विमला सेनचुरी, उत्तम प्रधान, सुनिल महरा, भानु रामदाम, टीबी चन्द्र सुब्बा आदि नेपाली आधुनिक गीत–सङ्गीतको मूलबाटोमा आइपुगे।

उपत्यकाभित्र पनि धेरै कलाकार गायन क्षेत्रमा सक्रिय थिए, जो पछि अन्य क्षेत्रमा चर्चित भए। भुवन चन्द (थापा), सुभद्रा अधिकारी, शकुन्तला गुरुङ (शर्मा), विमला श्रेष्ठ लगायत गायन क्षेत्रबाट अभिनयतर्फ मोडिए। गायनमा द्वारिकालाल जोशी, मीरा राणा, ज्ञानु राणा, अरुण थापा, ओमविक्रम विष्ट, तारा थापा, दीपतारा ताम्राकार, रचना जीसी, सूर्य थुलुङ, प्रकाश श्रेष्ठ आदि लोकप्रिय भए। विसं. २०४० को दशक आइपुग्दा धेरै कलाकार जन्मिसकेका थिए।

त्यसपछिको युग क्यासेटको युग थियो। क्यासेटमा आधुनिक, लोक, लोक दोहोरी, भजन साथै भाषाभाषीका गीतहरू बजारमा आए, जसको तथ्याङ्क यसबेला दिन सकिँदैन। विसं. २०५० र ६० को दशकमा नेपाली आधुनिक गीतहरु क्यासेटबाट सीडी एल्बमका माध्यममा आए। गीत गायनका भिडियो बनेर हेर्ने गीत पनि बन्न थाल्यो। करिब १५ वर्ष जति सीडीका गीतहरूले एक छत्र गरे।

अहिले ती सबै परिवर्तित भइ डिजिटल युगमा आइपुगेको छ। यू–ट्युब, फेसबुक लगायत अन्य प्रविधिबाट नेपाली गीत–सङ्गीत दर्शक स्रोतामाझ पुगिरहेका छन्। १०० वर्षको अवधिमा नेपाली आधुनिक नेपाली सङ्गीतले प्रविधि परिवर्तनसँगै रूप, स्वरूप र शैली पनि फेर्दै गएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बुलु मुकारुङ
लेखकबाट थप
के थिएनन् र जयनन्द लामा?
जातिगत लोकबाजा कतिकति, तर अधिकांश लोपोन्मुख
सुदूरपश्चिमको विवाह परम्परा : लोकबाजालाई महत्त्व, विधि पनि अलग्गै
सम्बन्धित सामग्री
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र ट... मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनीबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपथ्यको टिशर्ट र टि... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्