काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रचारका लागि सामाजिक सञ्जालमा आइरहेको भिडियो बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिएका छन्।
आज कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री देउवाले उक्त जानकारी दिएको केन्द्रीय सदस्य धनराज गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्।
'आई लभ यु बा' भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बाल्कोटको बार्दलीमा पुर्याए। सभापतिज्यू! तपाईं प्रम बनेपछि कांग्रेसमा पनि 'मलाई शेरबहादुर मनपर्छ' भन्ने प्रवृत्ति सुरु भएछ। भिडियो देख्दा झसङ्ग भएँ। यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्,' आफूले केन्द्रीय समिति बैठकमा भनेको कुरा उल्लेख गर्दै उनले लेखेका छन्, 'यो सन्दर्भ मैले उठाएपछि सभापतिज्यूले 'त्यो भिडियो बन्द गर्न मैले निर्देशन दिइसकें, अब आउँदैन, तपाईं ढुक्कहुनुस्।' भन्ने जवाफ पाएँ। उहाँले बोलेको कुरा कार्यान्वयन हुने विश्वासस लिएको छु।'
विभिन्न व्यक्तिहरुलाई देउवाको प्रशंसामा बोल्न लगाएका भिडियोहरु लगातार आउन थालेपछि उनको पार्टीभित्र र बाहिर तीव्र आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।