काठमाडाैं– बेलायती नागरिक सरह समान पेन्सन र सुविधाका लागि लण्डनमा आमरण अनसन बसेका गोर्खा सैनिककाे पक्षमा संसदमा आवाज उठेको छ।
नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले प्रतिनिधि सभाको शून्य समयमा बाेल्दै उनीहरुकाे जीवन रक्षाकाे माग गरेकी हुन्। ‘सरकारले तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्नुपर्दछ,’ उनले भनिन्। वार्ताको मिति र स्थान तोक्नका लागि पहल गर्नसमेत उनले आग्रह गरिन्।
ब्रिटिश प्रधानमन्त्री कार्यालयनजिक शनिबारदेखि गोर्खा सैनिकहरु आमरण अनसनमा बसेका छन्। उनीहरुको जीवन रक्षा गर्नु सरकारको कर्तव्य भएको संग्रौलाले बताइन्।
नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्धको जग गोर्खा सैनिक भएको संग्रौलाको भनाइ थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।