काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दै छ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गर्ने एक नेताले बताए। पार्टीको केन्द्रीय समिति बैठक साउन ३० शनिवार बस्दै छ।
साथै आजको बैठकमा पार्टीका तर्फबाट सरकारमा पठाउने मन्त्रीको नामबारे समेत छलफल हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।