काठमाडौं- शुक्रबार प्रतिनिधि सभा अन्तर्गतका तीन वटा समितिका बैठक बस्दै छन्।
आज महिला तथा सामाजिक समितिको बैठक विहान ११ बजे कानून न्याय तथा मानव अधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ।
कोभिड १९ महामारीको समयमा वेपत्ता महिला र बालबालिकाहरुको सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ। त्यस्तै आजै विकास तथा प्रविधी समितिको बैठक ११ बजे उक्त समितिको सभाकक्षमा बस्ने कार्यक्रम छ। बैठकमा निर्माणाधीन संसद भवनको कार्यप्रगतिको बारेमा शहरी विकास मन्त्रालयलको प्रस्तुतिकरण हुने जनाइएको छ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक साढे ११ बजे समितको सभाहलमा बस्ने भएको छ। बैठकमा परमाणु अस्त्र अप्रसार सन्धिबारे छलफलको कार्यक्रम रहेको समितिले जारी गरेको सूचनामा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।