काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त, उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाको समर्थन (लुम्बिनीका नयाँ मुख्यमन्त्री कुलप्रसाद केसी)
२) देशको आर्थिक अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्माको श्वेतपत आरोपपत्र भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको टिप्पणी, आफ्नो आग्रह पुष्टि गर्न तथ्याकंको गलत प्रयोग वा तोडमोड गरिएको भनाइ (श्वेतपत्र कि आरोपपत्र)
३) विशेष महाधिवेशन स्वीकार्न नसकिने नेपाली कांग्रेसका संस्थापन पक्षका जिल्ला सभापतिहरूको निर्णय, पौडेल पक्षले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावलाई नकार्ने देउवा पक्षको भनाइ (कांग्रेस महाधिवेशन किचलो)
४) विद्रोही समूह तालिबानद्वारा अफगानिस्तानका १० ओटा प्रान्तीय राजधानी नियन्त्रणमा, दक्षिणी सहर लस्कर गाहमा प्रहरी हेडक्वार्टरमै तालीबानको कब्जा (अफगानमा बढ्दो तालीबान प्रभाव)
५) र, स्पेनिस क्लब भिल्लारियललाई हराउँदै इंग्लिस क्लब चेल्सीले जित्यो यूई एफ ए सुपर कपको उपाधि, निर्धारित र अतिरिक्त समयमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा चेल्सीद्वारा ६–५ ले जित दर्ज (चेल्सीलाई उपाधि)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।