Photo : AP)
काठमाडौं- अमेरिकाको इन्डियानापोलिस सहरमा एक घरेलु विवादमा गोली चल्दा एक प्रहरी अधिकारीसहित तीनजना घाइते भएका छन्।
प्रहरीका अनुसार गोली चलाउने एक संदिग्धको पनि मृत्यु भएको छ। उनले आफैैंले खुट्टामा गोली हानेको प्रहरीले जनाएको छ। यस्तै, अपार्टमेन्टमा रहेका अन्य तीन युवाहरुलाई सकुशल बाहिर निकालिएको जनाइएको छ।
‘घरेलु हिंसा भएको फोन आएपछि हामी घटनास्थलमा पुगेका थियौं। त्यहाँ गोली पनि चलेको थियो। एक संदिग्धलाई समात्ने क्रममा उनले आफूलाई बचाउन आफैंलाई गोली प्रहार गरेका थिए। उनलाई सोही स्थानमा मृत घोषणा गरिएको छ,’ सहायक प्रहरी प्रमुख क्रिस बेलीले भने।
उनले प्रहरीको तर्फबाट कुनै गोली नचलेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।