काठमाडौं- नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले खोपको सहज व्यवस्थापनका लागि सरकारले गरेका कार्यको जवाफ मागेकी छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा उनले भनिन्, ‘खोप लगाउन जनता बिहानैदेखि भीडभाडमा उभिनु परिरहेको छ। अहिले पनि लाखौं डोज खोप लगाउन सकिएको छैन।’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरे अनुसार करोडौं खोप ल्याएको भए त्यसको अवस्थाबारे जानकारी गराउनुपर्ने उनको भनाइ छ। उनले अक्सिजन र बेडको कमी हुन नदिन सरकारको योजनाको माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।