काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइनलाई संघीय 8वादी फोरमले शुभकामना तथा बधाई ज्ञापन गरेको छ।
पार्टी मुख्यालय ललितपुरको बालकुमारीमा मंगलबार आयोजित कार्यक्रममा उनहिरुलाई पार्टीबाट उपप्रधानमन्त्री र मन्त्रीजस्तो गरिमामय पद सम्हालेकोमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत तथा बधाई ज्ञापन गरेका हुन्।
सो अवसरमा पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले सरकारमा जाँदैमा संघर्षको मैदान छाडेको भन्ने नठान्न आग्रह गरे।
एनले भने, “सरकारमा जाँदैमा संघर्ष छाड्यो भन्नु बिल्कुलै गलत हो, हामी झनै प्रभावकारी रुपले आफ्ना मुद्दाहरु राख्न सरकारमा सहभागी भएका हौँ, अब संविधान संशोधनका विषय हामी बुँदागत रुपमा प्रस्तुत गरेर पारित गराउनेतर्फ केन्द्रित हुनेछौँ ।”
पार्टीका वरिष्ठ नेता अशोक राईले देश र जनताका हितमा काम गर्न पार्टी सरकारमा सहभागी भएको उल्लेख गर्दै व्यक्तिगत र स्वार्थप्रेरित काम लिएर अनावश्यक झमेलामा मन्त्रीलाई नपार्न कार्यकर्तालाई निर्देशन दिए।
शहरी विकासमन्त्री राइनले नयाँ र व्यवस्थित शहर निर्माणसम्बन्धी अवधारणाहरु साकार पार्ने बताउँदै तराई र पहाडी क्षेत्रका सबै शहरहरुको विकासका लागि आफ्नो कार्यकालमा उदाहरणीय कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।