१) लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत, भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान, दुई मिनेटमै सकियो लुम्बिनी प्रदेश सभा बैठक। (मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत)
२) कुलमान घिसिङद्वारा दोस्रोपटक विद्युत् प्राधिकरणको प्रमुखमा पदबहाली, व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकारेर आएको प्रतिक्रिया, चुनौतीलाई सबैको साझा प्रयासबाट पार गर्नुपर्ने उल्लेख। (विद्युत् प्राधिकरणको प्रमुखमा घिसिङको पदबहाली)
३) शान्ति मिशनका लागि आन्तरिक रुपमा लिएको प्रश्नपत्र ‘लिक’ घटना : ११९ परीक्षार्थीसम्म पुगेको निष्कर्ष, पुनः परीक्षा गर्नुपर्ने समितिको सिफारिस। (प्रि-स्याट प्रश्नपत्र ११९ परीक्षार्थीसम्म पुगेको निष्कर्ष)
४) युरोपेली ६ मुलुकद्वारा तालिबानले अफगानिस्तानमा चलाएको कारबाही बाबजुद अफगान आप्रवासीको निर्वासन नरोक्न युरोपेली आयोगलाई आह्वान, शरणार्थी स्वीकार नगरे स्वदेश फिर्ता पठाउन अनुमति दिनुपर्ने उल्लेख। (यूरोपेली ६ मुलुकको आग्रह)
५) र, मेस्सीको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग दुई वर्षका लागि सम्झौता, ३० नम्बरको जर्सी लगाएर खेल्ने, पीएसजी र आफ्नो लक्ष्य मिल्ने भएर त्यहाँ पुगेको प्रतिक्रिया। (पीएसजीमा मेस्सीलाई ३० नम्बरको जर्सी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।