काठमाडौं– करिब एक करोड रुपैयाँसहित चार हुण्डी कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले ९१ लाख ९६ हजार रुपैयाँसहित चार हुण्डी कारोबारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौं ताहचलका ५३ वर्षीय तरुण अग्रवाल, तनहुँको भिमाद नगरपालिका–१ घर भई गोंगबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछापको देउराली–२ घर भई भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र काठमाडौं जोरपाटीका ३४ वर्षीय अर्जुन चौलागाई छन्।
गणबहाल इलाकामा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। तनुज इन्टरप्राइजेज प्रालिका सञ्चालक अग्रवाल हुण्डी कारोबारीका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ।
उनीहरुबाट उक्त रकमसहित ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरका १७ थान चेक र डिपोजिट स्पिल ८ थान बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।